पारस ज्ञानेन्द्रले गर्न नसकेको कुरा सन्दीपले गरेर देखाईदिए

नेपाली

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई हराएको छ। नेपालले एकदिवसीय खेलमा स्कटल्यान्डलाई हराएको यो पहिलो पटक हो। नामिबिया, नेपाल र स्कटल्यान्डबीचको एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डलाई बुधबार ५ विकेटले पराजित गर्‍यो।

घरेलु टिम स्कटल्यान्ड दिएको १४५ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा २५.१ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ७१ रन जोड्ने क्रममा ६१ बलमा १० चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनर कुशल भुर्तेल २८ बलमा २७ रन जोडेर आउट भएका थिए। यस्तै देव खनाल ४ रन जोडेर आउट भएका थिए। फेरि पनि ब्याटिङमा चुकेका दीपेन्द्रसिंह ऐरीले ३ रन मात्र जोड्न सके। आरिफ शेख पनि १ रनमै आउट भए। उपकप्तान रोहितकुमार पौडेलले नटआउट ३४ रन जोडे। उनले ३१ बलमा ५ चौका हिर्काए।

बलिङमा स्कटल्यान्डका गाबिन मेनले ३ विकेट लिन सफल भए। ग्लास्गोमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम स्कटल्यान्ड ४२.५ ओभरमा १४४ रनमा अलआउट भयो। स्कटल्यान्डका लागि गाबिन मेनले अर्धशतक प्रहार गरे। टिमका लागि सबैभन्दा बढी रन जोडेका उनले नटआउट ६४ रन जोडे।

मेन र हम्जा ताहिरले अन्तिम विकेटका लागि १३.५ ओभरमा ४९ रनको साझेदारी गरेका थिए। मार्क वाटले १७ रन, सफयन शरिफ १६ रन र म्याकलियोर्डले १३ रन जोडे। अरू ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। ओपनर केल कोइट्जर ६ रनमा सोमपाल कामीको बलमा र म्याथ्यु क्रस २ रनमा करण केसीको बलमा क्याच भएका थिए।

नेपालले दोस्रो ओभरदेखि नै विकेट लिन सुरू गरेको थियो। करण केसी र सोमपाल कामीको जोडीले सुरुवाती ओभरमा लगातार दबाब बनाएका थिए। स्लिपमा तीन फिल्डर राखेको नेपालले सुरूवातदेखि नै विकेट पछाडि सफतला हात पर्न सुरु गरेको थियो। नेपालले १३ ओभरमा स्कटल्यान्डको पाँच विकेट लिएको थियो। त्यतिबेला स्कटल्यान्डले ४० रन जोडेको थियो।

बलिङमा नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले ३-३ विकेट लिए। सोमपालले १० ओभरमा ४० रन खर्चिए भने अन्सारीले १० ओभरमा १ मेडन राख्दा ३१ रन दिए। कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

खेलमा कुशल भुर्तेलले चार क्याच लिँदा विकेटकिपर आसिफ शेखले तीन क्याच लिएका थिए। यसअघि पहिलो खेलमा नामिबियालाई स्कटल्यान्डले हराएको थियो। दोस्रो खेलमा भने नेपालमाथि नामिबियाले जित हात पारेको थियो। ७ देश सम्मिलित लिग-२ मा नेपाल जितसँगै पाँचौ स्थानमा उक्लिएको छ। नेपालले १८ खेलबाट १७ अंक जोडेको छ।

४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ। २२ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्। छैठौं स्थानको नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।

सिरिजमा नेपालको खेल

नेपाल भर्सेस नामिबिया – असार २७
नेपाल भर्सेस स्कटल्यान्ड – असार २९
नेपाल भर्सेस नामिबिया – असार ३२
नेपाल भर्सेस स्कटल्यान्ड – साउन १

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.