नेपालले जित्ने नसकेको टि-२० बिश्वकपको ट्रफी नेपालीलाई देखाउन नेपाल ल्याईने

News

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुष ट्वान्टी–२० विश्वकपको ट्रफी नेपाल ल्याउने भएको छ । शुक्रबार आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२२ को काउन्ट डाउन सुरु गरेको आईसीसीले ट्रफीलाई विभिन्न १२ देशको २९ ठाँउमा प्रदर्शनीका लागि राखिने जनाएको छ ।

आईसीसीका अनुसार अगष्ट ३० र ३१ मा नेपालको काठमाडौंमा प्रदर्शनका लागि राखिनेछ । आईसीसीले यसअघि २०१८ एकदिवसीय विश्वकपको ट्रफी पनि नेपाल ल्याएको थियो । एकदिवसीय विश्वकपको ट्रफी विश्व सम्पदा सूचीमा रहेको काठमाडौंको वसन्तपुर, स्वयम्भुलगायत क्षेत्रमा प्रदर्शन गरिएको थियो ।

८ जुलाईमा अष्ट्रेलियाको मेलबर्नबाट सुरु हुने ट्रफी टुर १६ अक्टोबरमा अष्ट्रेलियाकै जिलोङमा पुगेर सकिनेछ । अष्ट्रेलियामा १६ अक्टोबरदेखी १३ नोभेम्बरसम्म हुने प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अष्ट्रेलिायको सात सहरमा आयोजना हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.