अरुबेला एक रन बनाउन नसक्ने बुमराहले जब कागे तालमा एकै ओभरमा ठोके ३५ रन …(भिडियो हेर्नुस)

News

काठमाडौं : शनिबार बर्मिङघममा भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्टमा भारतका जसप्रित बुमराहले इंग्लिस बलर स्टुवार्ड ब्रोडविरूद्ध आक्रामक ब्याटिङ गरे। बुमराहलाई भारतले रोहित शर्माको अनुपस्थितिमा बिहीबार मात्र कप्तानको जिम्मेवारी दिएको थियो।

आफ्नो ‘स्विङ र सिम’ बलिङका लागि विश्वमा चर्चित बुमराहले शनिबार ब्याटबाट पनि प्रतिभा देखाए। ब्रोडको सो ओभरमा भारतीय टोलीले कुल ३५ रन बनाएको थियो। टेस्ट क्रिकेटमा एक ओभरमा धेरै रन बनाउने यो नयाँ कीर्तिमान हो। यसअघि यो कीर्तिमान ब्रायन लारा र जर्ज बेलीको नाममा थियो। दुवैले एक ओभरमा २८ रन बनाएका थिए ।

भारतीय इनिङ्सको ८४ औं ओभरमा बुमराहले ब्रोडलाई निशाना बनाएका थिए। पहिलो बलमा चौका। दोस्रो बल वाइड थियो र बाउन्ड्री बाहिर गयो। जसमा भारतीय टोलीले पाँच रन पायो। अर्को बल नो बल थियो जसलाई बुमराहले छक्का हिर्काए। खातामा कुल सात रन थपियो। त्यसपछिका तीन बलमा उनले लगातार तीन चौका प्रहार गरे।

उनले ओभरको पाँचौं बलमा छक्का र अन्तिम बलमा एक रन बनाए। यसरी ओभरमा कुल ३५ रन बन्यो । जसमध्ये बुमराहको खातामा २९ रन जोडियो। बुमराहको यो ब्याटिङलाई क्रिकेट फ्यानहरूले युवराज सिंहको करिब डेढ दशकअघिको प्रदर्शन सम्झे।

१९ सेप्टेम्बर २००७ मा भएको पहिलो टी-२० विश्वकपमा युवराज सिंहले इंग्ल्याण्डविरुद्धको खेलमा ब्रोडको ओभरमा ६ छक्का प्रहार गरेका थिए। उक्त खेलमा युवराज सिंहले १६ बलमा ५८ रन बनाएका थिए। जसमा तीन चौका र सात छक्का समावेश थिए।

त्यस्तै शनिबार बुमराहले १६ बलमा अविजित ३१ रन बनाएका थिए। उनको इनिङ्सले भारतले चार सय रन कटायो। एक समयमा भारतीय टोलीले ९८ रनमा पाँच विकेट गुमाएको थियो। यसपछि रिशभ पन्तले १४६ रन र रविन्द्र जडेजाले १०४ रन बनाएर टोलीलाई बलियो स्कोरमा पुर्‍याएका थिए।

भारतले पहिलो इनिङ्ग्समा ४१६ रन जोड्यो। जवाफी ब्याटिङ थालेको घरेलु टिम इंग्ल्यान्डले दोस्रो दिनको खेल सकिदा ५ विकेटको क्षतिमा ८४ रन जोडेको छ। इंग्ल्यान्डका तीन ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङका भारतका कप्तान बुहराहले तीन विकेट लिइसकेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.